प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै
काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज मध्याह्न १३ः०० बजे बस्दैछ ।
आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नुहुनेछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३÷०८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।






प्रतिक्रिया राख्नुहोस्