अर्घाखाँचीमा बस दुर्घटना, दुई जनाको मृत्यु, २२ भन्दा बढी घाइते

अर्घाखाँची- अर्घाखाँचीको पाणिनी गाउँपालिकामा भएको बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने २२ जनाभन्दा बढी यात्रु घाइते भएका छन्।
सन्धिखर्क–पाल्पा सडकखण्डअन्तर्गत पाणिनी गाउँपालिका–८ स्थित कुरुलेफाँट नजिक आज भएको दुर्घटनामा पर्वतबाट फर्किँदै गरेको पर्वत जिल्लाको ध १ ख ५०४ नम्बरको बस दुर्घटनामा परेको हो।
दुर्घटनामा मृत्यु भएका दुई जनाको पर्वतको मोदि गाउँपालिका पाती चाैर निवासी रहेको खुलेको भए पनि उनीहरूको औपचारिक पहिचान हुन बाँकी रहेको छ।
घाइतेहरूको उद्धार गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवश बहादुर जिसिले दुर्घटनाको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी






प्रतिक्रिया राख्नुहोस्