तीन दशकदेखि दैलेखका साँघुरो सडकमा जोखिमपूर्ण यात्रा

दैलेख- कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सबैभन्दा नजिकको जिल्ला हो-दैलेख ।
तर २९ बर्ष देखि यो जिल्ला भएर जाने सडक एक लेनको साँघुरो छ । धेरै भन्दा धेरै घुम्तिहरु भएका कारण यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
२०५४ सालदेखि सञ्चालनमा आएको सुर्खेत-दैलेख सडक खण्ड २९ बर्ष पुगिसक्दा पनि दुई लेन सडकमा रुपान्तरण हुन सकेको छैन् ।
प्रदेश राजधानी सुर्खेतबाट कर्णालीका, दैलेख, कालिकोट, जुम्ला, हुम्ला हुँदै मुगुको रारा तालसम्म यात्रा गर्ने मुख्य सडक मध्ये कर्णाली राजमार्ग र दैलेख-सुर्खेत सडक मात्र हुन् । यी दुवै सडकको स्तरोन्नती अहिलेसम्म हुन सकेको छैन ।
सुर्खेतदेखि दैलेख सदरमुकामसम्म को सडक जम्मा ६७ किलोमिटर भएपनि साँगुरो भएका कारण सवारी साधन आवतजावतमा थुप्रै समस्याहरु छन।
सडक बिस्तार प्रभावकारी भए लाखौं धार्मिक पर्यटकहरु दैलेख आउनसक्ने सम्भावना रहेको यहाँ घुम्न आउने पर्यटकहरु बताउँछन ।
सरकारले दैलेख-सुर्खेत सडकलाई बिशेष महत्वका साथ हेर्नुपर्ने दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र थापाको भनाइ छ ।
साँगुरो सडक र घुम्तीहरु धेरै भएका कारण विभिन्न दुर्घटनामा हरेक बर्ष धेरै मानिसहरुले ज्यान गुमाउने गरेका छन् ।
सडक कालोपत्रे गरिएका बिभिन्न स्थानहरुमा पनि कमसल सामग्री प्रयोग भएका कारण अधिकांश घुम्तीहरुमा कालोपत्रे उम्केको छ । हरेक बर्ष सडक मर्मतका कामहरु हुने गरेपनि प्रभावकारी हुन सकेका छैनन् ।
कर्णाली प्रदेशको महत्वपूर्ण पर्यटकीय क्षेत्रहरुमा सवारी साधनमार्फत यात्रा गर्ने यात्रुहरुको मागलाई मध्यनजर गर्दै दैलेख-सुर्खेत सडक स्तरोन्नती गर्नुपर्ने माग स्थानीयको छ ।।






प्रतिक्रिया राख्नुहोस्