विषालु च्याउ खाँदा चितवनमा एक जनाको मृत्यु

चितवन- विषालु च्याउ खाँदा चितवनमा एक जनाको मृत्यु भएको छ ।
इच्छाकामना गाउँपालिकाको वडा नम्बर १ स्थित कुलवाङ बस्ने श्याम चेपाङकी छोरी ११ वर्षीया नमुना चेपाङको मृत्यु भएको हो।
चार दिनअघि च्याउ खाँदा बिरामी भएकी नमुनाको शुक्रबार बिहान मृत्यु भएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो।
च्याउ खाँदा नमुनासँगै १३ वर्षकी दिदी मनिता र ९ वर्षका भाइ साजन पनि सिकिस्त विरामी परेका थिए । उनीहरूको अस्पताल उपचार भइरहेको छ।
च्याउ खाएर बिरामी भएपछि पनि घरमै बसेका कारण समस्या बल्झिँदै गएपछि शुक्रबार मात्रै काउले स्वास्थ्य चौकी गएका चेपाङ परिवारलाई स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि भरतपुर पठाइएको वडा नम्बर १ का अध्यक्ष सन्तबहादुर मगरले जानकारी दिनुभयो।
चेपाङ परिवारलाई भरतपुरसम्म जाने आउने व्यवस्था भने इच्छाकामना गाउँपालिकाले गरिदिएको छ।।






प्रतिक्रिया राख्नुहोस्