सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित

कैलाली- सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशनको पहिलो बैठकपछि सभाको बैठक अनिश्चित भएको छ । प्रदेश सभाको आठौं तथाबजेट अधिवेशन यसपाली बैशाख महिनामै बोलाएको प्रदेश सरकारले विजनेश नदिएपछि प्रदेशसभाको बैठक बस्न नसकेको हो ।
प्रदेशप्रमुख नजिर मियाँले आव्हान गरेपछि बैशाख १७ गते अधिवेशनको पहिलो बैठक बसेको थियो उक्त बैठकमा सभामुख भीमबहादुरभण्डारीले प्रदेश प्रमुख मियाँको पत्र पढेर सुनाए भने सभामा सहभागी सबै दलका एक–एक जना सांसदहरुले शुभकामनामा व्यक्त
गर्नुभएको थियो ।
उक्त बैठकले सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावारछलफलका लागि सामाजिक विकास समितिमा पठाउने निर्णय ग¥यो । त्यसपछि सभामुख भण्डारीले सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्नुभयो ।बजेट अधिवेशन सुरु भएको दुई साता बितेपछि प्रदेश सरकारले दोस्रो बैठक बस्नका लागि प्रदेशसभालाई विजनेश दिएको छैन ।
बजेटअधिवेशनको काम मुलतः प्रि–बजेट छलफल, नीति तथा कार्यक्रममाथि छलफल र बजेटमाथि छलफल गरी बजेट पारित गर्ने हो ।प्रदेशको आर्थिक कार्यविधि तथा वित्तीय उत्तर दायित्व ऐन २०७९ अनुसार सभामा प्रि–बजेट छलफलका लागि बजेटको सिद्धान्त, उद्देश्य
तथा प्राथमिकता असार १ गते सभामा बजेट प्रस्तुत हुनु भन्दा २० दिन पहिले सभामा आर्थिक मामिला मन्त्रालयले पेश गर्नुपर्ने उल्लेख छ ।
सभाले छलफल गरी दश दिनभित्रै सभामा छलफल हटाउनुपर्ने वा थप्नुपर्ने विषय निर्देशन सहित आर्थिक मामिला मन्त्रालयमापठाउन सक्ने व्यवस्था पनि गरिएको छ । तर, यसको अर्थ २० दिन बाँकी रहँदा नै सभामा बजेटको सिद्धान्त, उद्देश्य तथा प्राथमिकतापेश गर्नुपर्ने नभई २० दिनभन्दा धेरै अगाडि पनि पेश गर्न सकिने आर्थिक मामिला मन्त्रालयका उपसचिव अर्जुन खड्काले बताउनुभयो ।
उहाँले नेपाल सरकारको बजेटको सिद्धान्त, उद्देश्य तथा प्राथमिकताको पर्खाइमा रहेको बताउनुभयो । उहाँले संघको आएपछि मात्रैप्रदेशको बजेटको सिद्धान्त, उद्देश्य तथा प्राथमिकता प्रदेशसभामा पेश गरिने बताउनुभयो । यसैगरी, बजेटको सिद्धान्त, उद्देश्य तथा
प्राथमिकता पारित भइसकेपछि प्रमुखले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्छ । प्रिबजेट छलफलमा उठेका विषय प्रदेशसरकारले नीति तथा कार्यक्रमै समेटेर बजेट निर्माण गर्नुपर्ने नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता अक्कलबहादुर रावलले
बताउनुभयो ।
उहाँले बजेटको सिद्धान्त, उद्देश्य तथा प्राथमिकता प्रदेश सभामा प्रस्तुत गर्नेपर्ने समय भइसको भएपनि त्यसको सेडुल प्रदेशसरकारले सार्वजनिक नगरेका बताउनुभयो ।आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट सिलिङ नै निर्धारणमा ढिलाई गरेको प्रदेश सरकारले हरेक वर्ष नीति तथा कार्यक्रम रबजेटको सिद्धान्त, उद्देश्य तथा प्राथमिकता सयम सीमा भन्दा ढिला सभामा प्रस्तुत गर्ने गरेको छ ।
यसपाली बैशाखमै बजेट अधिवेशन बोलाइदा समयमै प्रस्तुत हुने अपेक्षा गरिएपनि अन्ततः बजेट अधिवेशनको बैठक नै अन्योलमा परेको छ । प्रदेशसभा सचिवालयका सूचनाअधिकारी युवराज जैशीले सभको अर्को बैठक बस्ने विषय अनिश्चित रहेको बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्