दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा)- आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा तीन अर्ब ६१ करोड ८४ लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो रकम सो अवधिका लागि तय गरिएको लक्ष्यको ८२ दशमलव २१ प्रतिशत हो ।

कार्यालयका कर अधिकृत डिल्लीराम चम्लागाईका अनुसार चालु आवको वैशाख मसान्तसम्म  चार अर्ब ४० करोड १५ लाख ४० हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । वैशाख महिनामा मात्र रु ४२ करोड ८५ लाख ६३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ८३ दशमलव ८७ प्रतिशत मात्र सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

कार्यालयका तथ्याङ्कअनुसार चालु आवको वैशाख महिनासम्ममा आयकरबाट एक अर्ब ६८ करोड ६८ लाख ६७ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करबाट एक अर्ब २८ करोड ८० लाख १० हजार रुपैयाँ तथा अन्तःशुल्कबाट  ४९ करोड ९७ लाख ३२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । कार्यालयले करदाता सचेतना, नियमित अनुगमन तथा कर प्रशासनलाई प्रभावकारी बनाउँदै राजस्व सङ्कलन वृद्धि गर्ने प्रयास जारी रहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.