कोरोना संक्रमणको चपेटामा परेका १५० युवालाई गाउँमै रोजगारी
दैलेख– नारायण नगरपालिका दैलेखका १ सय ५० जना युवाहरुलाई गाउँमै रोजगारी दिने तयारी भएको छ । कोरोना संक्रमणको जोखिममा परेकामध्ये सबैभन्दा बढी गरिब, विपन्न र कोरोना जितेर घर गएका मध्ये १ सय ५० जनाको खोजी गरेर गाउँमै रोजगारी दिने अभियान सुरु भएको हो । नारायण नगरपालिका दैलेख जिल्ला लघुउद्यमी समूह संघ डि मेगा दैलेखको संयुक्त आयोजनामा नारायण नगरपालिका भित्रका ६ वटा वडाहरुमा पहिलोपटक यो कार्यक्रम लागू गरिएको हो ।
कोभिड १९ बाट प्रभावित अति कमजोर वर्गको आयआर्जन सुरक्षित गर्न लागि संयुक्त राष्ट्रसंघको शीघ्र पहल कार्यक्रम अन्तरगत यो अभियानको सुरुवात गरिएको हो । मंगलबार नारायण नगरपालिका दैलेखमा निर्वाचित जनप्रतिनिधिहरुको रोहबरमा कार्यक्रमको जानकारी गराइएको छ । आगामी तीन महिनाभित्र प्रतिफल देखिने गरि दैलेखमा काम गर्ने तयारी सुरु भएको छ ।
कार्यक्रम अन्र्तगत सिस्नो प्रशोधन, अल्लो प्रशोधन, व्यावसायिक तरकारी खेती, स्थानीय जातको कुखुरापालन, लगायतका कामहरुको बारेमा अवस्था विश्लेषण गरेर सोही अनुसारको काममा लगाउने तयारी सुरु गरिने लघुउद्यमी समूह संघ डि मेगा दैलेखका अध्यक्ष कविराज खत्रीले जानकारी दिनुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्