ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

घाराही (दाङ)- दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

आज बिहान लमही नगरपालिका–५ रातोडाँडामा रोकिराखेको ना५ख ९३३६ नम्बरको ट्रक पछाडि मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा लु१२प ९८४० नम्बरको मोटरसाइकल चालक लमही नगरपालिका–७ हसनापुर निवासी अन्दाजी ३७ वर्षीय जीवन गिरीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि लमही अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मोटरसाइकलमा सवार अन्दाजी ३२ वर्षीय सोही ठाउँका धनिराम चौधरी घाइते हुनुभएको छ । उहाँको हाल राप्ती स्वास्थ्य विज्ञान प्रतष्ठान घोराहीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.