प्रतिनिधि सङ्ख्या टुङ्गो नलाग्दा अझै सुरु भएन रास्वपाको बन्दसत्र
चितवन– महाधिवेशन प्रतिनिधि सङ्ख्या टुङ्गो नलाग्दा राष्ट्रिय स्वतन्त्र पार्टीको बन्दसत्र अझै सुरु हुन सकेको छैन ।
बिहान साढे ८ बजेदेखि सुरू हुने भनिएको दोस्रो दिनको कार्यक्रम दिउँसो ४ बजेसम्म पनि सुरु हुन नसकेको हो ।

बन्दसत्र सुरु नहुँदा चितवन प्रदर्शनी केन्द्रमा महाधिवेशन प्रतिनिधिहरू अन्यौलमा रहेका छ्न्। प्रतिनिधि टुङ्गो लगाउने काम भइरहेको छ ।

महाधिवेशन प्रतिनिधिहरु महाधिवेशनस्थलमा खाजा -खाना खानेगरी समय बिताइरहेका छ्न् ।

प्रतिनिधिहरुको अन्तिम टुङ्गो लगाएर प्रतिनिधिको अन्तिमसूची सार्वजनिक गर्ने प्रयास भइरहेको बताइएको छ ।






प्रतिक्रिया राख्नुहोस्