एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ

सुर्खेत- नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ पर्नु भएको छ। सम्पत्ति सुदृढीकरण (सम्पत्ति शुद्धीकरण) मुद्दामा उनलाई आज साँझ सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको हो ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ एरीचोकस्थित शुभ होटलको सभा हलमा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी सुझाव संकलन कार्यक्रम चलिरहेको थियो । सोही कार्यक्रम स्थलबाटै साँझ ५:४५ बजे उपाध्यक्ष पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (SP) ठाकुर प्रसाद पौडेलको कमाण्डमा खटिएको १० जनाको विशेष प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
पक्राउ परेका पौडेललाई काठमाडौं ल्याउन सुर्खेतबाट नेपालगन्ज लगिएको हाम्रा समाचारदाता सुशिल खड्काले जनाएका छन् ।






प्रतिक्रिया राख्नुहोस्