अर्घाखाँचीमा मुहान संरक्षण गर्न १५ वटा रिचार्ज पोखरी निर्माण

अर्घाखाँची-पानीका मुहान सुक्दै जान थालेपछि अर्घाखाँचीका वन क्षेत्रमा १५ वटा रिचार्ज पोखरी निर्माण गरिएको छ।
जलस्रोत संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यका साथ डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा विभिन्न स्थानमा रिचार्ज पोखरी निर्माण गरेको हो।
कार्यालयले सामुदायिक वन उपभोक्ता समूह तथा अन्य स्रोतहरूको साझेदारीमा विभिन्न प्रकृतिका १५ वटा रिचार्ज पोखरी निर्माण सम्पन्न गरिएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशब खड्काले जानकारी दिनुभएको छ।
पाणिनी गाउँपालिका–४ को गहुखर्क वनक्षेत्रमा समुद्री सतहबाट करिब १,७०० मिटर उचाइमा निर्माण गरिएको नमुना रिचार्ज पोखरी अहिले आकर्षणको केन्द्र बनेको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण वनक्षेत्रको बीचमा ढुङ्गाको बाँध निर्माण गरी तयार गरिएको उक्त पोखरीले जलस्रोत संरक्षणसँगै पर्यावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।






प्रतिक्रिया राख्नुहोस्