सर्वोच्चको अन्तरिम आदेशपछि सम्पत्ति विवरण संकलन कार्य स्थगित

काठमाडौँ- सम्पत्ति छानबिन आयोगले सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति विवरण संकलन तथा छानबिनसम्बन्धी सम्पूर्ण काम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ।

आयोगले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सर्वोच्च अदालतको २०८३ असार ३१ गतेको आदेशअनुसार सम्पत्ति विवरण संकलन र छानबिनका सबै प्रक्रिया तत्काल रोकिएको जनाएको हो।

आयोगका अनुसार यसअघि २०८३ असार २९ गते प्रकाशित सूचना नम्बर ४ बमोजिम पूर्व न्यायाधीश, संवैधानिक आयोगका पूर्व पदाधिकारी, नेपाली सेनाका पूर्व पदाधिकारी तथा सार्वजनिक जवाफदेहिताको जिम्मेवारी निर्वाह गरेका राजनीतिक पदाधिकारी र कर्मचारीहरूको सम्पत्ति विवरण संकलन गर्ने कार्य जारी रहेको थियो।

तर, उक्त सूचनाविरुद्ध दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै रिटको अन्तिम टुंगो नलागेसम्म कसैबाट पनि सम्पत्ति विवरण संकलन तथा छानबिन नगर्न आदेश दिएको आयोगले जनाएको छ।

आयोगले सर्वोच्च अदालतको आदेशको पूर्ण पालना गर्दै अर्को सूचना प्रकाशित नभएसम्म सम्पत्ति विवरण संकलन र छानबिनसम्बन्धी सम्पूर्ण कार्य स्थगित गरिएको जानकारी दिएको छ।

आयोगको यो सूचनापछि आयोग परिसर केशरमहलमा सम्पत्ति विवरण बुझाउन गएका मानिसहरु फर्किएका छन । आज अन्तिम दिन भएकोले परिसरमा विवरण बुझाउनेहरुको निकै चहलपहल थियो ।

अन्तरिम आदेशको अन्तिम टुंगो नलागेसम्म सबै छानविन प्रकृया रोकिएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.