आर्थिक बर्षको पहिलो दिन सेयरमा उछाल, करिब ८० अंकले बढ्यो नेप्से

काठमाडौँ- आर्थिक बर्षको पहिलो दिन आज नेप्सेमा उछाल आएको छ । आज नेप्से करिब ८० अंकले बढेर परिसूचक २६७७ दशमलव ७४ विन्दुमा उक्लिएको छ। लगातार ओरालो लागेको नेप्सेमा आज उछाल आएको हो । आज सबै उपसमुहका परिसूचक बढेका छन ।
आज श्रीनगर एग्रिटेक इन्डष्ट्रीको शेयरमा सकारात्मक सर्किट लाग्यो भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा नकारात्मक सर्किट लागेको छ ।
आज विभिन्न कम्पनीका कुल १ करोड ३ लाख ८९ हजार ७७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड भन्दा बढीको कारोबार भयो ।
नेप्से परिसूचक बृद्धिको तुलनामा कारोबार रकम भने कम भएको छ।।






प्रतिक्रिया राख्नुहोस्