पल्लवीको ‘सिरानी’ विमोचित

काठमाडौँ- सुदुरपश्चिममा रहेर गजल साधाना गरिरहनु भएकी गजलकार तारा पल्लवीले आफ्नो पहिलो गजल कृति ‘सिरानी’ ल्याउनु भएको छ ।

आवरण प्रकाशनद्वारा प्रकाशित सो कृतिको विमोचन नेपाली गजलका अभियन्ता ज्ञानुवाकर पौडेल, ललिजन रावल लगायतका साहित्यकारहरुले काठमाडौँमा विमोचन गर्नुभयो ।

म मान्छु वचन मेरो रसिलो थिएन
मन तिम्रो पनि त सुकिलो थिएन ।

नारी मनको पीडाका साथै विद्रोह ओकल्ने गजलकारका रूपमा परिचित पल्लवीको सो कृतिमा आठ दर्जन बढी गजल छन् ।

विमोचन समारोहमा प्रमुख अतिथि वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले सुदुर पश्चिम गजल विधामा निकै अगाडि रहेको बताउँदै  कृतिकार पल्लवी धारिला गजल लेख्नमा पोख्त रहेको दावी गर्नुभयो ।

सभाध्यक्ष वरिष्ठ गजलकार ललिजन रावलले पल्लवीको  गजलसिल्प उत्कृष्ट भएकोले समकालीन गजलकारलाई थप चुनौति बढेको बताउनुभयो ।

कृति समीक्षक डा. रमेश शुभेच्छुले सुक्ष्म विषयलाई कलात्मक तरिकाले प्रस्तुति दिनु गजलकारको खुवी भएको तर्क राख्नु भयो ।

अर्का समीक्षक डा. नारायण गैरेले पल्लवीका गजल नारी चेतनाको समन्वयात्मक विद्रोहले भरिएको बताउनु भयो ।

विमोचन समोरोहको आयोजक तथा आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेलले गजल उन्नयनमा अग्रगामी छलाङ मार्ने सुदुरपश्चिमले पल्लवीजस्ता गजलकार पाउनुले अझ सुन्दर भविष्यको ढोका खोलेको बताउनु भयो ।

कृतिकार तारा पल्लवीले धनगढीको गजल महोलले मोहित पारेकोले अफूले पनि पहिलो कृति गजल नै निकालेको र अतिथिहरूको विश्लेषणले थप जिम्मेबारी बोध भएको बताउँनुभयो ।

प्रिया पत्थर साहित्य परिषद् धनगढीकी अध्यक्ष साहित्यकार हेमन्ती जोशीले सुदुर पश्चिमलाई राजधानीले अपार माया दिएको बताउँदै कृतिकारलाई शुभकामना र बधाई दिनु भयो ।

साहित्यकार पार्वती भट्टले कृतिकार पल्लवीको साहित्यिक यात्राका बारेका संक्षेपीकरण दिनुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.