डा गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा

काठमाडौँ, ९ साउनः अनसनरत चिकित्सक डा गोविन्द केसीसँग वार्तामामार्फत सहमतिपूर्ण समाधान खोज्ने उद्देश्यले सरकारको पहल जारी रहेको छ । सोही क्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेल आज धनगढी पुग्नुभएको छ ।
शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले डा केसीसँग वार्ताका लागि सचिव पौडेललाई धनगढी पठाएको जानकारी दिनुभयो । सचिव पौडेलले डा केसीसँग प्रत्यक्ष संवादगरी उहाँले उठाएका मागबारे छलफल गर्नुहुनेछ ।
यसअघि शिक्षामन्त्री पोखरेलले शुक्रबार साँझ डा केसीसँग टेलिफोनमार्फत प्रारम्भिक संवाद गर्नुभएको थियो । त्यसैको निरन्तरता स्वरूप सचिव पौडेललाई धनगढी पठाइएको जनाइएको छ । सरकारले संवाद र सहमतिका माध्यमबाट डा केसीले उठाएका विषयको यथाशीघ्र सम्मानजनक तथा सहमतिपूर्ण समाधान खोज्न प्रतिबद्ध रहेको जनाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.