शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

काठमाडौँ- सुनसरी घटनालगायत विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य भएकामा जोड दिइएको छ ।

बैठकमा सभापति लामिछानेले विषम परिस्थितिमा राजनीतिक आग्रहपूर्वाग्रहलाई थाती राखेर राष्ट्र हितका खातिर सबै राजनीतिक दल एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग उहाँले बैठक प्रमुख दलका शीर्ष नेताहरूबाट मार्गदर्शन पाउन तथा देशमा असहज परिस्थिति उत्पन्न भएका बेला राजनीतिक दलहरू जिम्मेवार भएर एक ठाउँमा उभिनुपर्ने र आवश्यकअनुसार सामूहिक रूपमा सरकारलाई ध्यानाकर्षण गराउन आह्वान गरिएको बताउनुभयो ।

उहाँले राजनीतिक रूपमा लड्ने मैदान आआफ्ना भए पनि यस्तो विषयमा आरोपप्रत्यारोप नगरी साझा राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकार पनि आफ्ना तर्फबाट क्रियाशील रहेको बताउँदै बैठकमा सरकारको प्रतिनिधित्व अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गर्नुभएकाले सरकारले केही गरेन वा चासो दिएन भन्नु असान्दर्भिक भएको बताउनुभयो ।

हाम्रो पहिलो दायित्व देशमा शान्ति सुरक्षा कायम गर्ने हो । सरकारले आफ्नो काम गरिरहेको छ ।

आजको आवश्यकता शान्ति र अमनचयन कायम गर्नु हो । सामाजिक सद्भाव भड्किन नदिन हामी गम्भीर हुनुपर्छ”, सभापति लामिछानेले भन्नुभयो, “नागरिकको ज्यान ज्यानु गम्भीर विषय हो । घटनाको सत्यतथ्य छानबिनपछि सार्वजनिक हुनेछ । अहिले बाहिर आएका कतिपय विषय अफवाह पनि हुन सक्छन् ।”

बैठकमा धार्मिक एवं सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल जारी गर्ने निर्णय भएको र त्यो यथाशक्य चाँडो सार्वजनिक गरिने जनाइएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.