जनकपुरमा पनि दिउँसो ३:३० बजेबाट कर्फ्यु लाग्यो

धनुषा- जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

जिल्ला सुरक्षा समितिको साउन १४ गते बसेको बैठकको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम बिहीबार दिउँसो ३:३० बजेदेखि अर्को आदेश जारी नभएसम्म कर्फ्यु लागू गरिएको हो।

कर्फ्यु अवधिमा तोकिएको क्षेत्रमा कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा तथा धर्ना गर्न निषेध गरिएको प्रशासनले जनाएको छ। आदेश उल्लङ्घन गर्ने जो-कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ।

प्रशासनले लक्ष्मिनियाँ, सिनुरजोडा, बेलौनी रोड, नगराइन क्षेत्र तथा आसपासका तोकिएका चार किल्लाभित्र कर्फ्यु लागू हुने जनाएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.