नारायणगढ-मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा खस्दा यातायात सेवा प्रभावित भएको छ ।
हाल सो सडकमा एकतर्फी मात्र यायातात सेवा सञ्चालित छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले तत्काल पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिनुभयो ।
थप ढुङ्गा नझरे पहिरो पन्छाउन केही समय लाग्ने उहाँले जानकारी दिनुभयो ।
यो सडक पहिरोका जोखिममा रहेकाले यात्रा गर्दा सावधानीपूर्वक गर्न निरीक्षक थापाले आग्रह गर्नुभयो ।।






प्रतिक्रिया राख्नुहोस्