गृहमन्त्री गुरुङ र मेहताका परिवारबीच वार्ता

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका सुनसरीका रवीन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ । वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सुरु भएको हो ।
यही साउन १० गते राति कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा भएको घटनामा घाइते भई शिक्षण अस्पतालमा उपचाररत २२ वर्षीय मेहताको उपचारका क्रममा आज निधन भएको थियो । उपचार गराई रहेका घाइते रविन्द्र मेहताको मृत्यु भएपछि परिवारले शव जिम्मा लिन मानेका थिएनन् ।
त्यसपछि सुनसरी लगायत तराई मधेशको समस्या समाधानको सहजीकरण गरेर फर्किनु भएका गृहमन्त्री गुरुङले पिडितका परिवारसंग वार्ता गर्नु भएको हो । यसअघि गृहमन्त्री सुधन गुरुङले आजै हिन्दू र मुस्लिम समुदायका नेताहरूसँग छुट्टाछुट्टै भेट गरी छलफल गर्नुभएको थियो । गृह मन्त्रालयमा भएको छुट्टाछुट्टै भेटमा दुवै समुदायका विभिन्न नेताहरूको सहभागिता थियो ।
छलफलमा पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा देखिएको अवस्था, विवाद, शान्ति, सुरक्षा र आपसी सद्भावका विषयमा छलफल गृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्