पर्यटन प्रवर्द्धनका लागि भुलभुलेमा छैटौँ हामखोला झरना महोत्सव

लमजुङ- लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले छैटौँ हामखोला झरना महोत्सव शुरूभएको छ। प्राकृतिक सम्पदाको संरक्षण, प्रचारप्रसार तथा आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्यका साथ दुई दिने महोत्सव आयोजना गरिएको हो।
गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले महोत्सवको उद्घाटन गर्नु भएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री रिमालले लमजुङका प्राकृतिक, सांस्कृतिक तथा धार्मिक सम्पदालाई पर्यटनसँग जोडेर आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो।
महोत्सवमा राष्ट्रिय। कलाकारको प्रस्तुतीसंगै स्थानीय संस्कृति, कला र परम्परालाई झल्काउने विविध सांस्कृतिक कार्यक्रम तथा पर्यटकीय गतिविधिहरू भएका छन् ।
भुलभुलेस्थित हामखोला झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल भएकाले यसको प्रचारप्रसारमार्फत लमजुङको पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्देश्य राखिएको छ।






प्रतिक्रिया राख्नुहोस्