संविधानको लेन भित्रैबाट सरकारका कामको गति बढाऊ:
स्पीड बढाउन सक्नुहुन्छ, ब्रेक नलगाउन सक्नुहुन्छ, तर लेन मिच्न दिँदैनौँ

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारलाई गति बढाए पनि संविधान, विधि र शासनको सीमाभित्र रहेर अघि बढ्न सुझाव दिनु भएको छ ।
आइतबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले सरकार आफ्नो उद्देश्य र बाटोबाट बरालिन थालेको भन्दै सचेत गराए। उनले प्रधानमन्त्री शाहले आफूलाई ‘ब्रेक नभएको गाडी’का रूपमा प्रस्तुत गरेको प्रसंग उल्लेख गर्दै तीव्र गतिमा काम गर्न सकिने भए पनि संविधान र विधिको ‘लेन’ मिच्न नहुने बताउनु भयो ।
‘स्पीड बढाउन सक्नुहुन्छ, ब्रेक नलगाउन सक्नुहुन्छ, तर लेन मिच्न दिँदैनौँ,’ थापाले भन्नु भयो।
सरकारले गलत दिशातर्फ अघि बढे प्रमुख प्रतिपक्षीका रूपमा कांग्रेसले खबरदारी गर्दै आवश्यक हस्तक्षेप गर्ने उहाँले बताउनु भयो। सरकारका कामकारबाहीमाथि निगरानी राख्दै संविधान र लोकतान्त्रिक प्रक्रियाअनुसार अघि बढाउन कांग्रेसले भूमिका खेल्ने थापाको भनाइ थियो।






प्रतिक्रिया राख्नुहोस्