पहिरोका कारण विपी राजमार्ग अवरुद्ध

काभ्रे-  काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली, नार्केमा पहिरो जाँदा विपी राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान करिब ४ बजे वर्षाका कारण लेदोसहितको पहिरो खस्दा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो।

इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोलीले राजमार्ग खुलाउन पहल गरिरहेको छ ।

रातिको बर्षाले पहिरोको जोखिम भएको भन्दै स्थानीय प्रसाशनले यात्रुहरूलाई प्रहरीसँग अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.