कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता

बोगोटा (कोलम्बिाया)- कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या २८७ पुग्नुका साथै करिब ४०० जना अझै बेपत्ता रहेको जनाइरुएको छ ।
कोलम्बियाका अधिकारीहरूले काली र पेरेरा सहरमा दुई तिहाइ भन्दा मानिसहरुको मृत्यु भएको बताएका छन् । घाइतेहरू मध्ये आधा भन्दा बढी प्रमुख सहरी केन्द्रहरूमा रहेको जनाउँदै अधिकारीहरुले पेरेरामा उद्धार टोलीहरू एउटा क्षतिग्रस्त होटलको भग्नावशेषमुनि फसेका चार जनाको उद्धार गर्नको लागि तैनाथ रहेको बताएका छन् ।
सरकारी तथ्याङ्कले विपत्तिको परिमाणलाई पुष्टि गरेको छ भने पश्चिमी कोलम्बियामा हजारौँ आवासीय घर विद्यालय, तथा स्वास्थ्य सुविधाहरूका साथै सार्वजनिक पूर्वाधारहरूमा गम्भीर रूपमा क्षति पुर्याएको जनाइएको छ ।
भूकम्पले यस क्षेत्रको पूर्वाधारलाई प्रभावित बनाउनुका साथै हजारौँ परिवारलाई अस्थायी सुविधाहरूमा आश्रय लिन बाध्य पारेको जनाइएको छ । भकूम्प पछि आएका शक्तिशाली पराकम्पहरुको श्रृङ्खलाले उद्धार तथा राहत कार्यलाई थप जटिल बनाउनुका साथै पहिले नै क्षतिग्रस्त भएका भवनहरूमा थप जोखिम बढाएको जनाइएको छ ।






प्रतिक्रिया राख्नुहोस्