काभ्रेको स्याउरीथली नजिकै बोलेरो दुर्घटना, २ जनाको मृत्यु

काभ्रे- काभ्रेपलाञ्चोकको खानीखोला–४, जगथलीबाट पनौतीतर्फ आउँदै गरेको बोलेरो स्यउरीथली नजिकै दुर्घटना भएको छ ।
दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन ।
मृत्यु हुनेमा खानीखोला-४ का कलकबहादुर माझी र खानीखोला-२ की अनिता मोक्तान छन ।
दुर्घटनामा बनेपा साँगाका रावल तामाङ, खानीखोला-३ का प्रदिप जर्गामगर र खानीखोलाकै बौद्ध लामा तथा धनपति रावल घाइते भएका खानीखोला-१ वडा अध्यक्ष सन्तमान थिङले जानकारी दिनुभएको छ ।।






प्रतिक्रिया राख्नुहोस्