सांसदहरुको प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहलाई सभामुखको निर्देशन

काठमाडौँ – प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाउनु भएको प्रश्नको जवाफ दिनका लागि सभामुख डीपी अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहलाई निर्देशन दिनु भएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकको सुरुमा प्रधानमन्त्रीको जवाफको माग गर्दै विपक्षी दलहरुले सदन अवरोध गरेपछि सभामुखले नियमावलीको व्यवस्थाअनुसार बैठकमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिनु भएको हो ।
‘माननीय सदस्यहरूले लामो समयदेखि प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनुभएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ,’ सभामुख अर्यालले भन्नुभयो, ‘यसै सन्दर्भमा प्रतिनिधिसभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु ।’ सभामुखले भन्नु भयो ।
सभामुखक निर्देशन सँगै संसदमा प्रतिपक्षीको अवरोध हटेको छ । समसामयीक विषयमा सरकारको ध्यानआकार्षण गराइरहनु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्