रास्वपा संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक जारी छ ।

सभापति रवि लामिछानेको आह्वानमा रास्वपाको संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको हो ।

बैठकमा संसदमा सांसदहरुले निर्वाह गरिरहेको भूमिका तथा पछिल्ला समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको जनाइएको छ।

पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसमेत बैठकमा सहभागी छन ।

यसैगरी सांसदहरुले संसदमा बोल्दा पालन गर्नुपर्ने मर्यादा र प्रयोग गर्ने भाषाका बारेमा पनि छलफल भइरहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.