राष्ट्रियसभाद्वारा भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त,विशेष प्रस्ताव पारित

काठमाडौँ-राष्ट्रियसभाको आजको बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरूले रसुवाको भोटेकोशीमा आएको बाढीका विषयमा दलीय घेराभन्दा माथि उठेर मानवीय कार्यमा जुट्न आग्रह गर्नुभएको छ ।

बैठकमा दलीय आधारमा बोल्दै सांसदहरुले विपत्तिपछिको उद्धार प्रयासलाई अत्याधुनिक उपकरण र विशेष जनशक्ति परिचालन गर्न आग्रह गर्नुभयो ।

उद्धार र खोजका प्रयासबारे सरकारले संसद्मा आएर जवाफ दिनुपर्नेमा जोड दिँदै सांसदहरुले प्राकृतिक विपत्तिको सामनाका लागि राष्ट्रिय एकता र साझा पहल हुनुपर्ने बताउनुभयो । नेपालीले अहिलेसम्म नभोगेको विपत्ति भोगेकाले उद्धार र राहत वितरणमा राजनीतिक दल र घेराभन्दा माथि उठेर लाग्नुपर्ने सांसदहरुको भनाई छ ।

नदी तटमा अहिले पनि शवहरू यत्रतत्र छरिएर रहेको पाइएकाले तीनै तहका सरकारबीचको समन्वयन बढाएर काम गर्नुपर्ने धारणा सांसदहरुले राख्नुभयो । यसैबीच राष्ट्रियसभाले भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको छ ।

सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले सो विशेष प्रस्ताव प्रस्तुत गर्नुभयो । सभाले सो प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो । विशेष प्रस्तावमा बाढी प्रभावितको उद्धार, रातह र पुनःस्थापना तथा सम्पर्कविहीनको खोजी, घाइतेको निःशुल्क उपचार, वैज्ञानिक शव व्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.