उद्धार तथा राहतका लागि चीनको मौसमसम्बन्धी सहयोग निरन्तर

काठमाडौँ- चीनले  नेपाललाई मौसम निगरानी, पूर्वानुमान, पूर्वसूचना तथा मौसमजन्य प्रभावसम्बन्धी सेवा निरन्तर उपलब्ध गराउने बताएको छ ।

चीनको मौसम विज्ञान प्रशासनका प्रवक्ता वाङ यावेईले बुधबार आयोजित पत्रकार सम्मेलनमा विपद्पछि प्रशासनले नेपालका मौसमसम्बन्धी निकायसँग तत्कालै भिडियोमार्फत मौसमसम्बन्धी परामर्श गरेको र नेपालमा जारी उद्धार तथा राहत कार्यका लागि सक्रिय रूपमा मौसमसम्बन्धी सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिनु भएको हो।

 नेपालमा आपत्कालीन प्रतिक्रिया तथा विपद् व्यवस्थापनका लागि आवश्यक सहयोग पुर्‍याउन चीनका मौसमसम्बन्धी निकायले व्यापक मौसम सेवा सुनिश्चित गर्नुका साथै नेपालसँगको अन्तर्राष्ट्रिय सहकार्यलाई थप मजबुत बनाउने पनि उहाँले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.