भोटेकोशी बाढीको १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको उद्धार

काठमाडौँ- भोटेकोशी बाढीपछि दशौँ दिन आज त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट दुई जनाको जीवित उद्धार गरिएको छ ।
सुरुङभित्रबाट सञ्जय साह र कबीर महर्जन जीवित उद्धार गरिएको प्रहरीेले जनाएको छ । सञ्जय शाह मेकानिकल फोरम्यान र कबीर महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत हुनुहुन्छ ।
काठमाडौँको बालकुमारी-३ घर भएका ४५ वर्षीय महर्जन जलविद्युत स्वचालन परियोजनामा काम गरिरहनुभएको थियो ।
सुरुङभित्र अरू व्यक्ति पनि रहेको जानकारी प्राप्त भएकाले उनीहरूको खोज तथा उद्धार कार्य जारी राखिएको छ ।
।






प्रतिक्रिया राख्नुहोस्