उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

मन्त्री यादवले आज प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष  व्यक्तिगत कारण देखाउँदै राजीनामा बुझाउनुभएको हो ।

राजीनामा दिएको जानकारी गराउदै मन्त्री यादवको सचिवालयले सञ्चारकर्मी तथा सञ्चारमाध्यमप्रति आभार व्यक्त गरेको छ ।

मन्त्री यादवका प्रेस संयोजक कमल सरगम चौलागाईंले विज्ञप्ति जारी गर्दै मन्त्रीका गतिविधि, मन्त्रालयका निर्णय तथा सार्वजनिक सरोकारका विषय आम नागरिकसमक्ष पुर्‍याउन सञ्चारकर्मीले गरेको सहयोग र सहकार्यप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.