वर्षाका कारण पृथ्वी राजमार्ग राति ८ बजेदेखि बिहान ५ बजेसम्म बन्द

धादिङ – लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि धादिङ जिल्ला प्रशासन कार्यालयले पृथ्वी राजमार्ग रातिको समयमा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आज बेलुकी ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्गमा कुनै पनि सवारीसाधन सञ्चालन गर्न पाइने छैन।

निर्माणाधीन अवस्थामा रहेको राजमार्गका विभिन्न खण्डमा वर्षाका कारण बाढीपहिरोको जोखिम बढेकाले सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि राजमार्ग बन्द गर्ने निर्णय गरिएको हो।

यस अवधिमा पृथ्वी राजमार्ग हुँदै काठमाडौं तथा राजधानी बाहिर आवतजावत गर्ने सवारीसाधनसमेत सञ्चालनमा रोक लगाइने प्रशासनले जनाएको छ।

यस्तै, जिल्ला प्रशासन कार्यालयले आगामी दुई दिन अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ। यात्रा गर्नैपर्ने अवस्था भएमा मौसम पूर्वानुमानसम्बन्धी सूचना तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.