पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको होइन, सुरक्षा दिइएको हो : मन्त्री पोखरेल

काठमाडौँ– सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि सुरक्षा खतरा देखिएपछि सुरक्षित स्थानमा सारिएको जनाएको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राणालाई पक्राउ वा नियन्त्रणमा नलिइएको स्पष्ट पार्नुभयो ।
राणाको मोबाइलमा ‘टेक्स्ट मेसेज’ मार्फत सुरक्षा धम्की आएको र सोही आधारमा सुरक्षा निकायले उहाँलाई सुरक्षित स्थानमा सारेको मन्त्री पोखरेलले बताउनुभयो ।
“उहाँलाई पक्राउ गरिएको होइन, नियन्त्रणमा लिइएको पनि होइन । उहाँको परिवारबाट थप सुरक्षा माग गर्दै निवेदनसमेत परेकाले सुरक्षाका लागि उद्धार गरेर सुरक्षित स्थानमा लगिएको हो”, मन्त्री पोखरेलले भन्नुभयो । उहाँका अनुसार राणालाई आएको धम्की ‘जेनजी’ समूहबाट नभई कुनै अपरिचित समूहबाट आएको थियो ।
—

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.