आर्थिक कुटनीति र द्विपक्षीय सम्बन्धलाई प्राथमिकता दिने प्रतिबद्धता

काठमाडौँ- विभिन्न १३ देशका लागि सरकारले सिफारिस गरेका राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

आज भारतका लागि डा निश्चलनाथ पाण्डे, चीनका लागि डा कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जबराको सुनुवाइ गरको हो ।

सुनुवाइका क्रममा प्रस्तावित राजदूतहरूले आ–आफ्ना कार्ययोजना प्रस्तुत गर्दै सम्बन्धित मुलुकसँगको द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार, पर्यटन र कूटनीतिक सम्बन्धलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभएको छ ।

सरकारले सिफारिस गरेका प्रस्तावित १३ जना मध्ये बाँकी चार जना सुनुवाइ क्रमश हुने समितिका सभापति बोधनारायण श्रेष्ठले बताउनुभयो ।

राजदूत नियुक्ति नेपालको परराष्ट्र सम्बन्ध, राष्ट्रिय हित र अन्तर्राष्ट्रिय छविसँग जोडिएको विषय भएकोले प्रस्तावित व्यक्तिहरूको योग्यता, अनुभव, आचरण र कूटनीतिक क्षमता निष्पक्ष रूपमा परीक्षण संसदीय सुनुवाइ समितिले गर्दै आएको छ । सरकारले २०८३ सालको असोज २ गते राजदूतका लागि १३ जनाको नाम सिफारिस गरेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.