स्पेन रेल दुर्घटना: मृत्यु हुनेको संख्या ६८ पुग्यो

एजेन्सी- स्पेनको राजधानी म्याड्रिडको दक्षिणी क्षेत्रमा एउटा उच्च गतिको रेल अर्को रोकिइरहेको रेलसँग ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ ।
बुधवार बिहान मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको एउटा रेल ट्र्याकमा रोकिएर बसेको अर्को रेलमा ठोक्किएपछि दुर्घटना भएको थियो ।
सो ठक्करको ठूलो झट्काले गर्दा रेलका धेरै वटा डिब्बाहरू लिगबाट उछिट्टिएका थिए ।
घटनास्थलमा सबै आवश्यक उद्धार स्रोतहरू परिचालन गरिएको अधिकारीहरुले जनाएका छन ।
उद्धार कार्यका लागि अग्निनियन्त्रण टोलीका धेरै समूह, तीनवटा हेलिकप्टर र सघन उपचार सुविधासहितका दुईवटा मोबाइल एम्बुलेन्स परिचालन गरिएको थियो ।
स्पेनका यातायात मन्त्रीका अनुसार, कम्प्युटरमा आएको प्राविधिक खराबीपछि भएको मानवीय त्रुटिका कारण यो भयावह दुर्घटना हुन पुगेको हो।
यसलाई युरोपको इतिहासकै ठूलो र पछिल्लो १३ वर्षयताकै स्पेनको सबैभन्दा घातक रेल दुर्घटना मानिएको छ। यसअघि सन् २०१३ मा स्पेनको उत्तरपश्चिमी क्षेत्रमा रेल पटरीबाट खस्दा ८० जनाको ज्यान गएको थियो।
क्षेत्रीय सरकारका प्रवक्ताका अनुसार दुर्घटनामा परेका दुवै रेलमा पाँच सयभन्दा बढी यात्रु सवार थिए। स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले रेल दुर्घटनाबाट आफू स्तब्ध भएको बताउनुभएको छ ।
उहाँले घटनाबारे सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा रहेको बताउनुभएको छ ।।






प्रतिक्रिया राख्नुहोस्