सबै प्रदेशमा कृषि संकाय क्याप्पस खुल्छः उपकुलपति रेग्मी

रोल्पा- देशकै एक मात्र प्राविधिक विश्वविद्यालय कृषि तथा वन विज्ञान विश्वविद्यालयका उप-कुलपति प्रा.डा. पुन्यप्रसाद रेग्मीले यस वर्षदेखि ७ वटै प्रदेशमा कृषि संकायको स्नातक तहको पढाई सुरु गर्न लागेको बताउनुभएको छ ।

उक्त विश्व विद्यालयको आंगिक क्याम्पस प्राकृतिक स्रोत व्यवस्थापन कलेज माडीचौरको प्रथम वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपकुलपति रेग्मीले कृषि प्रधान देशमा कृषि संकाय पढ्ने विद्यार्थीहरु १ प्रतिशत मात्रै भएकाले अब थप क्याम्पस स्थापना गरी दक्ष प्राविधिक उत्पादन गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।

‘अन्य देशमा कृषकलाई अन्नदाताको रुपमा ठूलो सम्मान गरिन्छ’ रेग्मीले भन्नुभयो ‘हाम्रो देशमा कृषकलाई तल्लो दर्जामा राखिनु दुःखद विषय हो ।’

देशका विभिन्न जिल्लाबाट रोल्पा जस्तो दुर्गम जिल्लामा आएर पनि कृषि संकायको वि. एस. सी. एजी. अध्ययन गर्न पाउँदा विद्यार्थीहरु पनि हर्षित भएका छन् ।

यसैबीच वार्षिकोत्सवका अवसरमा कलेज र मल परिक्षण प्रयोगशाला खजुरा बाँकेको संयुक्त आयोजनामा पहिलो पटक माडीचौरमा माटो परिक्षण सप्ताहको पनि आयोजना गरिएको छ । कलेजका विद्यार्थीहरुको सहभागितामा माटो परिक्षण गरी हेर्दा यसक्षेत्रको माटोमा उत्पादन क्षमता राम्रो पाइएको छ ।

गत माघ १६ गतेदेखि सुरु भएको माटो परिक्षण सप्ताहमा रिसिबाङ, कोटगाउँ, मिसिबाङ र माडीचौरबाट २ सय ४८ जना किसानको माटोको नमूना संकलन गरी परिक्षण गरिएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.