कोभिड-१९ विरुद्दको खोप अभियान आज आठौं दिनपनि जारी

काठमाडौं- कोभिड-१९ विरुद्दको खोप अभियान आज आठौं दिन पनि जारी छ ।
अभियान अन्तरगत हिजोसम्म १ लाख २८ हजार ६५० जनाले कोभिड १९ विरुद्दको खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशका ७७ जिल्लाका २०१ खोप केन्द्रहरुबाट खोप प्राप्त गर्नेहरुमा अग्रपंक्तिमा रही काम गर्ने स्वास्थ्य सुरक्षा र सफाइ लगायतका कर्मचारीहरु रहेका छन् ।
सरकारले अग्रपंक्तिमा कार्यरत जोखिमपूर्ण समूहका कर्मचारीहरुलाइ प्राथमिकतामा राखेर पहिलो चरणको खोप अभियान संचालन गरिरहेको छ ।
पहिलो चरणको अभियानमा खोप लिन बाँकी संबन्धित कर्मचारीहरुलाइ खोप लगाउन मन्त्रालयले आव्हान गरेको छ ।।






प्रतिक्रिया राख्नुहोस्