प्रदेश १ ले फिर्ता पठायो खर्च हुन नसकेको साढे २ अर्ब रुपैयाँ

विराटनगर– संघीय सरकारले प्रदेश १ सरकारलाई आर्थिक वर्ष ०७६/७७ मा उपलब्ध गराएको करिब साढे २ अर्ब रुपैयाँ अनुदान समयमा खर्च हुन नसक्दा संघीय सरकारलाई नै फिर्ता पठाएको छ ।

संघीय सरकारले प्रदेश १ सरकारलाई सशर्त, समपूरक र विशेष अनुदान वापत करिब २ अर्ब ४७ करोड रुपैयाँ पठाएकोमा कोरोना महामारीका कारण खर्च हुन नसक्दा फिर्ता पठाइएको प्रदेश लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ ।

संघीय सरकारले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा प्रदेश १ सरकारलाई १ अर्ब ८९ करोड सशर्त अनुदान, २८ करोड ३७ लाख समपूरक अनुदान र १७ करोड ६५ लाख रुपैयाँ विशेष अनुदान पठाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.