दुईवटा बस एक आपसमा ठोक्किँदा २० जना घाइते

काभ्रे- अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा नगरपालिका-६ बुडोलमा दुईवटा यात्रुवाहक बस एकआपसमा ठोकिँदा २० जना घाइते भएका छन्।
बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको र धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा ५ ख २९७ र बा ३ ख ५०६४ नम्बरको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पताल बनेपा लगिएको छ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डीएसपी राकेश थापाले १६ जनाको शिर र ४ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ।।





प्रतिक्रिया राख्नुहोस्