सभामुख अर्यालद्वारा भीमफेदी दुर्घटनाका पीडित परिवार र घाइतेसँग भेट

काठमाडौँ – सभामुख डोलप्रसाद (डीपी) अर्यालले भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाउनेका परिवार तथा आफन्त र घाइतेहरूसँग भेटघाट गर्नुभएको छ। उहाँले सोमबार सर्लाही पुगेर दुर्घटनाबाट प्रभावित परिवार तथा घाइतेहरूसँग भेट गरी उनीहरूको अवस्था, समस्या र आवश्यकताबारे जानकारी लिनुभएको हो।

भेटका क्रममा सभामुख अर्यालले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित परिवारलाई राज्यका तर्फबाट उचित राहत, सहयोग तथा घाइतेको उपचारको व्यवस्था मिलाउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।

गत कात्तिक २६ गते काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको विद्युतीय माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.