सुन तोलामा ३ हजार ३ सयले घट्यो

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला रु तीन हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज विहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ५७ हजार ६०० र चाँदीको मूल्य रु तीन हजार ३३५ कायम छ ।
बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६० हजार ९०० र चाँदीको मूल्य तीन हजार ३८० कायम थियो ।।






प्रतिक्रिया राख्नुहोस्