प्रधानमन्त्री वालेन्द्र शाहले भोलिदेखि भारतको दुई दिने राजकीय भ्रमण गर्नुहुँदै

नेपाल–भारत सम्बन्धलाई बहुआयामिक दिशामा केन्द्रित गर्न भ्रमण उपलब्धिमूलक हुने विश्वास

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुई दिने राजकीय भ्रमणका लागि भोलि भारतको राजधानी नयाँ दिल्ली जादै हुनुहुन्छ । प्रधानमन्त्री शाह भोलि अपरान्ह नेपाल वायुसेवा निगमको जहाज मार्फत नयाँ दिल्ली जानुहुनेछ ।

प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई नेपाल–भारतबीचको आर्थिक साझेदारी विस्तार र निजी क्षेत्रको सहकार्यका लागि महत्वपूर्ण अवसरका रुपमा हेरिएको छ । यो भ्रमणका क्रममा राजनीतिक भेटवार्ता मात्रै नभई व्यापार, लगानी र व्यावसायिक सम्बन्धलाई प्राथमिकता दिने गरी तयारी गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नुहुने छ । यसैगरी भारतका राष्ट्रपति द्रौपदी मुर्मू र विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमणका क्रममा आर्थिक एजेण्डालाई प्राथमिकताका साथ उठाइने भएको छ ।

यसक्रममा नेपाल र भारतका निजी क्षेत्रबीच प्रत्यक्ष संवाद र सहकार्य विस्तारका विषयमा छलफल हुनेछ । भ्रमणका क्रममा उर्जा सहकार्य र सीमापार सम्पर्क सञ्जाल विस्तारसँग सम्बन्धित परियोजना उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.