सुर्तीजन्य पदार्थको सेवन नै क्यान्सरको प्रमुख कारण
काठमाडौं- आज विश्व क्यान्सर दिवस । विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष फ्रेब्रुअरी चार तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
नेपालमा पनि क्यान्सर विरुद्ध विभिन्न जनचेतनामुलक कार्यक्रमकको आयोजना गरी यो दिवस मनाइँदैछ ।
खासगरी सुर्तीजन्य वस्तुको सेवन गर्ने तथा अस्वस्थकर खानाका कारण विश्वभर नै क्यान्सरका बिरामीहरुको संख्या बढ्दै गएको भनाइ चिकित्सकहरुको छ ।
विश्वमा हुने कुल मृत्युको करिव १३ प्रतिशत मानिस कुनै न कुनै क्यान्सरका रोगी रहेको डब्लुएचओको तथ्याङ्कमा उल्लेख छ ।
नेपालमा वर्षेनी १५ हजारभन्दा बढिको क्यान्सर रोगका कारण मृत्यु हुने गरेको छ ।
धुमपान तथा मद्यपानबाट अलग रही भुटेको, तारेको र चिल्लो खानेकुरा नखाई दैनिक व्यायाम गरे क्यान्सरको जोखिम कम हुने चिकित्सकहरु बताउँछन ।
बेला-बेलामा क्यान्सरको परिक्षण गरेर समस्याको अग्रिम जानकारी लिएर उपचार गरेमा यसबाट जोगिन सकिने सुझाव चिकित्सकहरुको छ ।।
प्रतिक्रिया राख्नुहोस्