सुनचाँदीको मुल्यमा सामान्य बृद्धि

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु ५०० र चाँदी रु ३५ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ४७ हजार ९०० र त्यति नै परिमाणको चाँदी रु तीन हजार १४५ निर्धारण भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ४७ हजार ४०० र त्यति नै परिमाणको चाँदी रु तीन हजार ११० मा कारोबार भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.