प्रधानमन्त्रीद्वारा २ सय २० केभी क्षमताको कुश्मा दाना सबस्टेशन उद्घाटन

पर्वत– प्रधानमन्त्री के पी शर्मा ओलीले बिहीबार पर्वतको कुश्मामा निर्माण सम्पन्न भएको २ सय २० केभी क्षमताको कुश्मा दाना सबस्टेशन उद्घाटन गर्नुभएको छ ।

प्रधानमन्त्रीले सबस्टेशनको भर्चुअल माध्यमबाट बालुवाटारबाटै उद्घाटन गर्नुभएको हो । सब स्टेशन उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले लोडसेडिङको अन्त भइ नेपाल विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको बताउनुभयो।

हाल सञ्चालनमा रहेका आयोजना पूरा भएपछि नेपाल छिमेकी देशहरुलाई विद्युत् बिक्री गरी आय आर्जन गर्न सक्षम हुने बताउनुभयो।

आज उद्घाटित सबस्टेशनहरु नेपाल सरकार र नेपाल विद्युत प्राधिकरण तथा एसियाली विकास बैङ्कको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.