जनकपुर–अयोध्या सिधा रेल सेवा सुरु, सरयू–कमला एक्सप्रेस जनकपुर आइपुग्यो

काठमाडौँ- नेपाल र भारतका प्रधानमन्त्रीले नयाँ दिल्लीमा संयुक्त रुपमा शुभारम्भ गरेसँगै सरयू-कमला एक्सप्रेस रेल जनकपुर आइपुगेको छ ।

भर्चुअल रुपमा शुभारम्भ गरिएको सरयू–कमला एक्सप्रेस नामको रेल आज जनकपुर आइपुगेको हो । रेलमा सवार अतिथिहरुलाई मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र संघीय सरकारका युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले स्वागत गर्नुभयो ।

साप्ताहिक रेल सेवा प्रारम्भ भएसँगै माता जानकीको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्याबीच अब सिधा रेल सम्पर्क स्थापित भएको छ ।

जनकपुरधाम–अयोध्या साप्ताहिक एक्सप्रेस रेल सेवाको उद्घाटनसँगै दुई धार्मिक तथा सांस्कृतिक नगरीबीचको सम्बन्ध थप प्रगाढ बन्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावाद हाउसमा भिडियो कन्फरेन्समार्फत रेल सेवाको हिजो संयुक्तरुपमा शुभारम्भ गर्नु भएको थियो ।

यो सेवाले तीर्थयात्रा सहज बनाउनुका साथै धार्मिक पर्यटन प्रवर्धनमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । दुई प्रधानमन्त्रीले रेल सेवा शुभारम्भ गर्नुभएपछि हिजो अयोध्याबाट प्रस्थान गरेको रेल आज जनकपुर आइपुगेको हो ।

जनकपुरमा रेल र त्यसमा सवार पाहुनाहरुको भव्य स्वागत गरिएको छ । रेलमा सर्वसाधारण तीर्थयात्रीका साथै केही भारतीय अधिकारीहरु पनि जनकपुर आउनुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.