पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ धमाधम मर्मत हुँदै

धादिङ- विग्रिएको सडकका कारण धुलो र धुवाँबाट हैरानी बेहोर्दै आएका पृथ्वी राजमार्ग आसपासका स्थानीय अव भने यो समस्याबाट मुक्त हुने भएका छन् ।

सरकारले राजमार्ग क्षेत्रमा विग्रिएका सबै सडक कालो पत्रे गरेसँगै उनीहरुले आफ्नै घरमा बस्न राहतको महसुस गरेका छन।

गएको बर्षादमा राजमार्गका विभन्न खण्डहरु भत्केर जीर्ण बनेको र सवारी चापका कारण मर्मतसमेत गर्न कठिन हुँदै आएको थियो ।

राजमार्गको सडक बाढी र पहिरोले विगारेपछि लामाो समयसम्म सडक कालो पत्रे हुन नसक्दा सडक छेउछाउका स्थानीय दैनिक उड्ने गरेको धुलोका कारण हैरान भएका थिए ।

पृथ्वी राजमार्ग मात्र होइन त्रिभुवन राजपथका सबै स्थानहरुमा अहिले कालोपत्रे गर्ने काम भइरहेको छ ।

विषेशगरी, मानव वस्ती भएको र सडक विग्रिएका कारण समस्या हुने गरेको स्थानहरुमा पहिले सडक बनाउने काम थालिएको छ।

बर्षातका कारण पहिरो गएर ध्वस्त भएको मलेखुस्थित फुर्के खोला बजार, जवाङ्ग खोला लगायत बेनीधाट बजार क्षेत्रमा पर्ने सडकको काम अहिले सम्पन्न भई कालो पत्रे गर्ने काम पनि सकिएको छ ।

कोरोनाका कारण केही समय ढिलाइ हुन गएको भएपनि अब काम सम्पन्न नभएसम्म निरन्तरता पाउने सडक कार्यालय गजुरीले जनाएको छ ।

धादिङ जिल्ला क्षेत्रभित्र पर्ने त्रिभुवन राजपथ र पृथ्वी राजमार्गका सबै विग्रिएको स्थानहरुमा मर्मतको काम सम्पन्न भइसकेको छ भने कालो पत्रे गर्ने काम अन्तिम चरणमा रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.