दशौँ राष्ट्रिय खेलकुदलक्षित समग्र सुरक्षा समन्वय बैठक सम्पन्न

काठमाडौं– इतिहासमै पहिलोपटक कर्णाली प्रदेशमा आयोजना भइरहेको दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन समारोह तथा समग्र प्रतियोगिताको सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सुर्खेतमा निरन्तर विशेष सुरक्षा समन्वय बैठक भइरहेको छ।

​आगामी मङ्सिर १६ गते वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूको उपस्थितिमा प्रतियोगिताको औपचारिक उद्घाटन हुँदैछ।

अति विशिष्ट व्यक्तिको आगमन, खेलाडी तथा अफिसियलको आवास र दर्शकको ठूलो उपस्थितिलाई मध्यनजर गर्दै बैठकले बहुआयामिक सुरक्षा रणनीतिमाथि गहन छलफल गरेको हो ।

बैठकले प्रतियोगिता अवधिभर सबै सुरक्षा निकायबीच निरन्तर समन्वय, द्रुत सूचना आदानप्रदान र परिस्थितिअनुसार संयुक्त रूपमा जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ ।

​सुरक्षा योजनाअन्तर्गत रङ्गशालाको प्रवेश तथा निकास मार्गको व्यवस्थापन, भीड नियन्त्रण, पार्किङ तथा ट्राफिक व्यवस्थापन, खेलस्थलमा सीसीटीभी निगरानी, नियमित गस्ती तथा अति विशिष्ट पाहुनाको एस्कर्टिङलाई उच्च प्राथमिकतामा राखिएको छ ।

​मङ्सिर २७ गतेसम्म सञ्चालन हुने यस बृहत् खेलकुद महोत्सवमा सात प्रदेशसहित तीन विभागीय टोली (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल) र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी कुल ११ टोलीका खेलाडीहरू सहभागी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.