अमेरिकामा अपराध नियन्त्रण गर्न सेना परिचालन

अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न शहरहरुमा बढ्दो हिंसा तथा अपराधका घटना नियन्त्रण गर्न संघीय सुरक्षा सेना पठाउनु भएको छ । नजिकिएको राष्ट्रपतीय निर्वाचनलाई लक्षित गर्दै रिपब्लिकन राष्ट्रपति ट्रम्पले डेमोक्र्याटले नेतृत्व गरेका सिकागो र अन्य दुई वटा शहरहरुलाई लक्षित गरी सेना परिचालन गरिएको बताइएको छ ।
यस अघि नै सुरक्षाका लागि भन्दै संघीय सेना परिचालन गरिएका पोर्टल्याण्ड र ओरिगन राज्यमा उनीहरुको नेतृत्व विवादस्पद देखिएको छ । स्थानीय अधिकारीहरुले संघीय सुरक्षाकर्मीका कारण प्रदर्शनका घटना अझ बढ्नुका साथै तनावपूर्ण स्थिति सिर्जना भएको बताएका छन् । आलोचकहरु भने राष्ट्रपति ट्रम्पको सक्रियता निर्वाचन अभियानको हिस्सा भएको बताउँछन् । गत २५ मे मा जर्ज फ्लोयड नामक एक अस्वेत अमेरिकीको प्रहरी हिरासतमा हत्या भएपछि शुरु भएको विरोध प्रदर्शन थुप्रै अमेरिकी शहरहरुमा फैलिएको छ ।।






प्रतिक्रिया राख्नुहोस्