मास्क लगाए पनि अनुहार चिन्न सकिने प्रविधि विकास

टोकियो– अब देखि मास्क लगाएर पनि मानिस अनुहार पहिचान गर्न सकिने भएको छ ।

जपानको एनईसी कर्पले मास्क लगाएका मानिसको अनुहार सहजै पहिचान गर्न मिल्ने प्रविधिको विकास गरेको छ । यो प्रविधि स्रक्षा जाँचका लागि गेटहरुमा राख्न सकिने र एक सेकेन्डभन्दा कम समयमै मास्क लगाएका व्यक्तिको पहिचान गर्न सक्ने छ ।

निर्माता कम्पनीले यो प्रविधि ९९ दशमलव ९९ प्रतिशत सही पहिचान गर्न सकिने दाबी गरेको छ । यो प्रविधिले मास्कले नछोपेको भाग जस्तै आँखाको किनारा कानको छेउको भाग हेरेर मानिसको अनुहार पत्ता लगाउने छ ।

विश्वमा कोरोना माहामारी फैलिएपछि मानिसहरुलाई मास्क लगाउन अनिवार्य गरेपछि मानिसहरुको अनुहार पहिचान गर्न कठिनाई हुँदै आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.