सुलिकोटका पहिरो पिडितलाई अमेरिकामा बस्ने गोरखालीहरुबाट २० लाख सहयोग

गोरखा- गत बर्षको बाढी पहिरोमा परी घरबिहिन बनेका सुलिकोट गाउँपालिका वडा नं. ८ तीनखण्डे गोरखाका बाढी पहिरो पिडितहरुको राहत एवं पुर्नस्थापनाका लागि अमेरिकामा बस्दै आएका यहाँका स्थानीयले आर्थिक सहयोग गरेका छन ।
गोरखाबाट अमेरिकामा बसोबास गर्दै आएका २५३ जनाबाट १७ हजार २ सय ८५ अमेरिकी डलर अर्थात करिव बिस लाख एघार हजार रुपैँया गैह्र आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाले नेपालस्थित शहीद शिबप्रसाद भट्ट फाउन्डेसनको खातामा उपलब्ध गराएको हो ।
फाउण्डेसनको खातामा प्राप्त यो रकम बाढी पिडित एघार घर परिवारहरुलाई आज स्थानीय शिब मन्दिर प्राङ्गण तीनखण्डे गोरखामा आयोजित कार्यक्रमा हस्तान्तरण गरिएको हो । रकम नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा नेता पाण्डे, गण्डकी प्रदेशका प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडी, जिल्ला समन्वय समितिकी उप प्रमुख जानुका अधिकारी, नेपाली कॉंग्रेस क्षेत्र नं. २ गोरखाका क्षेत्रीय सभापति गोबिन्द गुरुङ्ग, दुल्लभ माध्यमिक बिद्यालयका प्राचार्य शिबप्रसाद भट्टलगायतले सहयोगी दताहरुप्रति आभार व्यक्त गर्नुभएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्